आरटीजीएस प्रणाली आज पनि पनि सुचारु हुने

२४ पुष २०७८, शनिबार ०८:००

काठमाडौं । आज (शनिबार) पनि आरटीजीएस प्रणाली पनि सुचारु रहने भएको छ।नेपाल राष्ट्र बैंकले हिजो एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो।

वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। आज आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*