नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न

२३ पुष २०७८, शुक्रबार १७:४९

काठमाडौं ।  नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न भएको छ। संघले काठमाडौंको व्याडिसनमा १९ औ र २० औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाल बीमक संघको सभाले दुई आर्थिक बर्षको साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। उक्त सभाले अध्यक्षमा चंकी क्षेत्री निविरोध चयन गरेको छ।

सभाले उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका हुन् । बीमक संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।सभाले नयाँ पधादिकारीलाई सम्मान समेत गरेको छ ।
त्यस्तै, आगामी बर्षको लागि वासलात तयार पार्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*