सिटिजन्स बैंकले ल्यायो कार्ड बिना नै एटिएमबाट पैसा झिक्ने सुविधा

२३ पुष २०७८, शुक्रबार १७:२९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाको सुरुवात गरेको छ । बैंकका मोबाइल बैकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

बैकले आज एक कार्यक्रमका बीच बैकका कार्यकारी अधिकृत गणेश राज पोखरेले उद्घाटन गरेका हुन । अब मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएममा प्रविष्टि गरी पैसा निकाल्न सक्नेछन् ।

कार्ड नभएको अवस्थामा उक्त सुविधाले उपयोग गर्नुका साथै यो प्रविधि सरल एवं सहज हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*