महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपालको साधारण सभा आइतबार

२३ पुष २०७८, शुक्रबार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा आइतबार (पुस २५ गते) का लागि हुने भएको छ । महालक्ष्मी विकास बैंकको २०औं र माउन्टेन इनर्जीको आठौं वार्षिक साधारण सभा आइतबार हुने भएको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा पुस २५ गतेको लागि आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी आव्हान गरेको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ । यस वर्ष बैंकले यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।

सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि कार्य सूचिमा राखेको छ ।

यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधलाई बृद्धि गर्ने र संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएले पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

माउन्टेन इनर्जी नेपाल
माउन्टेन इनर्जी नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २५ गते बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*