रोट्रयाक्ट क्लबद्धारा ८० घरधुरीलाई फाइबर सिरक वितरण

२३ पुष २०७८, शुक्रबार १६:२०

काठमाडौं । रोट्रयाक्ट क्लबले ‘न्यानोपन सबैको लागि’ भन्ने मुल नाराका साथ ८० घरधुरीलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । ‘सेवाको माध्यमबाट फेलोशिप’ सहि रुपमा योग्य परियोजना स्वरुप ६ वटा रोट्रयाक्ट क्लबहरुले बाग्लुङ ढोरपाटन गाउँपालिका वडा नं. २,३,४,५,६, ७ र ८ मा फाइबर सहित प्राथमिक उपचार सामाग्री र म्याट समेत वितरण गरेको छ ।

रोट्रयाक्ट क्लब अफ पर्वत पोखरासँगै रोट्रयाक्ट क्लब अफ अन्नपूर्ण, रोट्रयाक्ट क्लब अफ बागलुङ, रोटर्याक्ट क्लब अफ गलकोट बाग्लुङ, रोट्रयाक्ट क्लब अफ पोखरा जीएमसी र रोट्रयाक्ट क्लब अफ पर्वतले अंग्रेजी नयाँ वर्ष २०२२ को दिन उक्त सामाग्री प्रदान गरेको हो ।

यी ६ क्लबहरुले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, अमरटिका फाउन्डेशन, रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोटरी क्लब अफ बुर्तिबाङ, ढोरपाटन र वेलनेसको सहकार्यमा ८० घरधुरीलाई सहयोग गरेको हो ।

साथै सोही क्षेत्रमा स्टिकरको माध्यमबाट स्वास्थ्य सचेतना कार्यक्रम र सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

क्लबले उक्त कार्यक्रममा विशेष सहयोग पुर्याउने नेष्डो समद्ध लघुवित्तलाई आभार ब्यक्त गरेको छ । साथै रोट्रयाक्टर जयन्त साहु, र आरएन नीतु खड्कालाई समेत क्लबले धन्यवाद प्रकट गरेको छ ।

जेडआरआर जोन–१७ का प्रदिप उपाध्याय पहारी र आरसि बाग्लुङका रोटरीयन सन्जय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ९२ जना क्लब मेम्बरहरुको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*