नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानमा साथ दिने ओलिको प्रतिबद्धता

२३ पुष २०७८, शुक्रबार १५:२०

काठमाडौं । नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले सभ्यता र संस्कृतिको संरक्षण र विकासमा लाग्नेहरुलाई सधै आफ्नो साथ रहेको प्रतिबद्धता जनाएका छन् ।

दुईदशक भन्दा बढी समय देखि चेतनामुलक अभियान संचालन गर्दै आएको सामाजिक संस्था परिवर्तन नेपालले पछिल्लो पटक नेपाली संस्कृति बचाऔं अभियान चलाउँदै आएको छ ।

पछिल्लो समय नेपाली संस्कृति र देशको पहिचानमा बैंदेशिक हस्तक्षेप बढ्दै गइरहेको भन्दै उक्त अभियान संचालन गर्दै आइरहेको छ । सो अभियानमा जुटेका अभियान्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी देशमा बढिरहेको सांस्कृतिक अतिक्रमण बारे ध्यानाकर्षण गराएको थियो भने ओलीलाई पनि उनकै निवासमा पुस २१ गते भेट गरेका थिए ।

उक्त भेटमा ओलिले सभ्यता इतिहास र संस्कृति जोगाउन जरुरी रहेको भन्दै आफ्नो पूर्ण साथ रहने बताएका हुन् ।

चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले नेपालको संस्कृति झल्कने प्रतिकात्मक छांयाचित्र हस्तान्तरण गर्दै ओलिलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*