फेरी ओरालो लाग्यो सुनको मूल्य, तोलामा ७ सय रुपैयाँले घट्यो

२३ पुष २०७८, शुक्रबार ११:४९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतावचडाब कायम नै रहेकोे छ । सुन मंगलबार ९ सय रुपैयाँले घटेको थियो भने बुधबार ६ सय रुपैयाँ वृद्धि भएको थियो । बिहिबार ५ सय रुपैयाँले घट्दा शुक्रबार थप ७ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*