कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा

२३ पुष २०७८, शुक्रबार १०:४२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको गरिदिएको छ । कम्पनीको कात्तिक २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १८ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले कात्तिक ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा क्रमश बोनस शेयर जम्मा गरिने भएकाले शेयर अभाौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*