नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईको शेयर बिक्री गर्न बीमा समितिको निर्देशिका संशोधन !

२३ पुष २०७८, शुक्रबार १२:३२

काठमाडौं । बीमा समितिले नेपाल बंगलादेश बैंकलाई आईजिआईको शेयर बिक्री गर्न अनुमति दिने गरी निर्देशिका नै संशोधन गरेको छ । बीमा समितिले हिजो गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा संशोधन गर्दै यस्तो निर्णय गरेको हो ।

बीमा समितिको यस्तो निर्णयले बीमा कम्पनीहरुमा लगानी गरेका अन्य कम्पनीहरुलाई शेयर खरिद बिक्री गर्न चलखेल गर्न छुट दिएको छ । यद्यपि उनले यो समग्र क्षेत्रमा असर पार्न नभई माफियासँगको सेटिङमा यस्तो कुकृत्य गरेको खुलेको छ ।

नेपाल बंगलादेश बैंकको शेयरको ठूलो हिस्सा अहिले चौधरी ग्रुपले किनेर नबिल बैंकसँग मर्जरमा जाँदैछ । त्यसको लागि नेपाल बंगलादेश बैंकको डिडिए हुँदैछ । सो डिडिएमा संस्थापक शेयर बिक्री गर्न पाएमा नेपाल बंगलादेश बैंकको ब्यालेन्ससिटमा करिब ३२ करोड जति रकम थप हुन्छ । यसरी रकम थपिँदा बैंकको स्वाप रेसियो थोरै भएपनि माथि हुन जान्छ । त्यसको लागि सञ्चालक रहेको कम्पनीको शेयर बिक्री गर्न नपाउने व्यवस्थाले नेपाल बंगलादेश बैंकले आईजिआईको शेयर बिक्री गर्न अप्ठेरो परेको छ । नेपाल बंगलादेश बैंकका सहायक महाप्रबन्धक सुरेश देवकोटा २०७६ साल फागुन २५ गते सम्पन्न २२ औं साधारणसभाबाट आईजिआईका सञ्चालक बनेका थिए । उनले यही अप्ठेरो कारण नेपाल बंगलादेश बैंकले आईजिआईको शेयर बिक्री गर्न पाएका थिएन ।

बीमितको हित र बीमकको प्रभावकारी नियमन गर्ने दायित्व बोकेको बीमा समितिले पछिल्लो पटक माफियाको लागि मात्रै काम गर्न थालेको छ । पछिल्लो पटक नेपालका एक मात्र खर्बपतिका लागि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरिएको हो । नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईओ शेयर बिक्री गर्न दिए बापत बिनोद चौधरीसँग बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले केही रकम लेनदेन गरेको सूत्रको दावी छ ।

चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको घरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बैठक गरेपछि यस्तो बीमा समितिले हिजो बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*