ग्रामिण विकास लघुवित्तद्धारा सिइओ माग, मासिक तलब १ लाख २० हजार

२३ पुष २०७८, शुक्रबार १०:३६

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि भ्याकेन्सी खुलाएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थामा रिक्त रहेको सिइओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो ।

कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिरेर आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनीको प्रधान कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*