छ्याङ्दी हाइड्रोपावरले माघ ११ देखि हकप्रद निष्काशन गर्ने

२३ पुष २०७८, शुक्रबार १०:१६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि करिब ९ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजारमा १० शेयर बराबर नयाँ तीन (१०ः३) शेयरका अुनपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँको दरले उक्त कित्ता बराबर हकप्रद बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रदमा माघ ११ गतेदेखि फागु २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि पुष २१ गते नै बुकक्लोज गरिसकेको छ । जसअनुसार पुष २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र कम्पनीको केन्द्रीय कार्यालय समता मार्ग, गैह्रीधारा, काठमाडौं अर्थात् मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*