‘एनआइबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज
२३ पुष २०७८, शुक्रबार १०:०२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘एनआईबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज गरेको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्ड सूचीकरण खारेज भएको हो ।
पुष २२ गतेपश्चात उक्त योजनाको निर्धारित अवधि समाप्त हुने भएकोले उक्त स्कीमको सूचीकरण सोही मितिको निर्णयअुनसार खारेज भएको हो ।
जसअनुसार अब उक्त फण्डमा लगानीकर्ताले इकाई खरिदबिक्री गर्न पाउने छैनन् ।