सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय

२२ पुष २०७८, बिहीबार २१:०१

काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ ।

बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा संस्थागत प्रतिनिधित्व गरेर आएको बीमक कम्पनीको शेयर बीमा समितिको अनुमति लिएर जुनसुकै समयमा बिक्री गर्ने बाटो खोलेको हो ।

बीमा समितिले गरेको यस्तो निर्णय नेपाल धितोपत्रको नियम विपरित छ । धितोपत्रको नियम अनुसार संस्थापक शेयरधनीहरुले पदमा बहाल रहुन्जेलसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुको संस्थागत शेयरधनीले संचालक समितिमा प्रतिनिधित्व गरेकै अवस्थामा पनि संस्थापक शेयर खरिद बिक्री गर्न बीमा समितिको स्वीकृति पश्चात् पाउने व्यवस्था गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका पहिलो संसोधनमा उल्लेख गरिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलोसंशोधन जारी गर्दै बीमकको संचालक समितिमा संस्थागत प्रतिनिधित्व भएको संचालकको हकमा नियुक्त गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा नपर्ने प्रावधान थप गरिएको छ ।

यसअघि संचालकले आफनो पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही बीमकको कुनै पनि प्रकारको शेयर डिबेञ्चर खरिद बिक्रि गर्न नपाउने व्यवस्था रहेको थियो । उक्त निर्देशिका संशोधन गर्दै बीमा समितिले संस्थापक प्रतिनिधित्व भएको संचालकको हकमा संचालक नियुक्ती गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा नपर्ने संसोधन निर्देशनमा उल्लेख रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*