बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणाको साथ सूर्या लाइफको मोबाईल एप शुभारम्भ

२२ पुष २०७८, बिहीबार १७:५६

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सुअवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको मोबाईल एप समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफनो महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित एप शुभारम्भ गरेको छ।

कम्पनीको एप प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । एन्ड्रोइड तथा आइओएस प्रविधीमा चलाउन सकिने कम्पनीको एप स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ । एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एप बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एपलाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा युटुवमा पनि हेर्न सकिने व्यवस्था गरेको छ।

कम्पनीको मोबाईल एपको समुद्घाटनको क्रममा मोबाईल एफ को आवश्यकता, विशेषता र प्रयोगविधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्रकाश पारेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*