सूर्या लाइफ इन्स्योरेन्सको सिईओ खड्काले वार्षिक आम्दानी वापत कति बुझे ?

२२ पुष २०७८, बिहीबार १७:०८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काको वार्षिक आम्दानी ६८ लाख रुपैयाँ संचालक समितिले पारित गरेको छ । कम्पनीको आर्थिक बर्ष २०७५/७६को सभाले कुल तलब तथा भत्ता रकम पारित गरेको हो ।

सूर्या लाइफका सीईओले आर्थिक बर्ष २०७६/७७ मा तलव भत्ता तथा सुविधावापत ४७ लाख ३८ हजार , कार्य सम्पादनमा आधारित भत्ता वापत २१ लाख ३ हजार र कर्मचारी बीमा वापत ५४ हजार २१४ रुपैयाँ गरी कूल ६८ लाख ९६ हजार २७७ रुपैयाँ बुझेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*