चिलिमे जलविद्युत सहित ३ कम्पनीको साधारण सभा भोलि, के के छन् एजेण्डा ?

२२ पुष २०७८, बिहीबार १६:०७

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेडले साधारण सभा गर्ने लागेका छन् ।

चिलिमे जलविद्युत कम्पनी

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको भोलि (पुस २३ गते) स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

छिमेकी लघुवित्त वित्तीय संस्था
छिमेकी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (पुस २३ गते) बिहान ११ बजे मकवानपुर स्थित होटल सामना प्रालिको सभाहलमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमलव बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्नेछन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते देखि पुस २३ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

याक एण्ड यती होटल
याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा भोलि (पुस २३ गते) कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने चालु आर्थिक वर्षको लागिको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*