नेप्सेमा ४३ अंकको बृद्धि, ११ उपसूचकमा हरियाली छाउँदा कारोबार ३ अर्बमा सीमित

२२ पुष २०७८, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा पुनः हरियाली छाएको छ । निरन्तर उकालोतर्फ लागेको नेप्सेमा अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको थियो । आज पुनः नेप्से ४३.२९ अंक अर्थात् १.६३ प्रतिशतले बृद्धि हुन पुगेको छ ।

शेयर बजारमा हरियाली छाएपनि अघिल्लो दिनहरुको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३९४ रुपैयाँको कारोबा भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई उपसूचकबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । अघिल्लो दिन दूइ समूहमा मात्रै हरियाली छाएको थियो भने आज दुई समूह नै राताम्य भएका छन् ।

व्यापार समूह र उत्पादन तथा प्रशोधन समूह राताम्य भएका छन् भने सर्वाधिक बीमा समूहहरुको बृद्धि भएको छ ।

त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । साथै तेह्रथुम पावर, नेपाल फाइनान्स र मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*