दुई फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन

२२ पुष २०७८, बिहीबार ११:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बुकक्लोज गरेसँगै आज दुई फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

गुहेश्वरी मर्चेण्टले १० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज गरेसँगै नैपसेल अघिल्लो दिन कायम ४९९ रुपैयाँ ९० पैसाका आधारमा ४५४ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सले ७.७० प्रतिशत हकप्रद निष्काशनको लागि बुक्लोज गरेसँगै अघिल्लो दिन कायम ४७६ रुपैयाँका आधारमा ४४१ रुपैयाँ ९७ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*