हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

२२ पुष २०७८, बिहीबार ११:३३

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो ।

कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट स्वीकृति पाएपश्चात आव २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजी १ अर्ब १० करोड रुपैयाँको ६.६५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*