पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

२२ पुष २०७८, बिहीबार ११:१९

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । फाइनान्स र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ र क्यापिटलका प्रमुख ब्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् । पुस ५ गतेदखी लागू हुने गरी प्रभु क्यापिटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राखे, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने काम गर्ने फाइनान्सले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*