एनआईबिएल समृद्धि फन्ड–१ आज परिपक्व हुँदै

२२ पुष २०७८, बिहीबार ०६:३०

काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ भोलि आज परिपक्व हुँदैछ। कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्था एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको यो फन्ड एउटा बन्दमुखी योजना हो।

सातवर्षे यो फन्ड २०७१ पुस २३ गतेबाट सञ्चालनमा आएको थियो। भोलि २०७८ पुस २२ गते यो फन्ड परिपक्व हुने एनआईबिएल एस क्यापिटलले जनाएको छ।
यस योजनाका १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिएको थियो। अन्तिम कारोबार मूल्यअनुसार यो फन्डको प्रतिइकाइ १२.४४ रुपैयाँ कायम भएको छ। नेप्सेमा आज अन्तिम अन्तिम कारोबार हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*