कोरोना संक्रमित बढ्दै, एकैदिन ४३५ जनामा संक्रमण पुष्टि

२१ पुष २०७८, बुधबार १७:१६

काठमाडौं । विश्वभरी कोरोना भाइरसको सक्रमति थपिरहेको बेला नेपालमा पनि यो हप्ताको ४ दिन मै संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । नेपालमा यो हप्ताको आइतबार २१६ जनामा संक्रमण देखिएको थियो भने बुधबार सम्म आइपुग्दा पछिल्लो २४ घण्टामा देशभरबाट ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ७१७ जनामा पीसीआर परीक्षण गर्दा ३७० जनामा र ३ हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रणमबाट कसैको मृत्यु भएको छैन भने २३९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २२५ जनामा संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*