आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

२१ पुष २०७८, बुधबार १६:०२

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (ल्एक्) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई ल्ऋज्ी(क्ष्एक् र अयललभअतक्ष्एक् प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले आइएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी ल्एक्ष् मा जोडिए पछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । ल्एक्ष् सँग गरिने उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले आइएमई जनरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत अयललभअतक्ष्एक् बाट भुक्तानी गर्दै आएका छन् । साथै ९ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै ल्एक्ष् मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको ल्एक्ष् सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७० गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सन् २००१ फेब्रुअरि १ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, जस्ता विविध क्षेत्रका ख्यातिप्राप्त उद्योगी तथा व्यवसायीहरूद्वारा प्रवद्र्धित यस कम्पनीले गुणस्तरीय, स्थायित्व, विशेषज्ञतापूर्ण सेवा प्रदान गर्दै आएको छ । एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरू मार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास कम्पनीको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*