सिड्नी मेट एडुकेशन फेयर २०२२ आयोजना हुँदै, एघार लाखसम्मको छात्रबृत्तिको अवसर

२१ पुष २०७८, बुधबार १५:१९

लेट्स स्टडी इन अस्ट्रेलिया नाउ भन्ने मूल नाराका साथ आगामी माघ एक गतेदेखि काठमाण्डौमा सिड्नी मेट एडुकेशन फेयर २०२२ु आयोजना हुने भएको छ।सिड्नी मेट्रोपोलिटिन इसन्टिच्युट अफ टेक्नोलोजीु ले आगामी माघ एक गते अर्थात जनवरी १५,२०२२ मा बिहान १० बजेदेखि ४ बजेसम्म काठमाण्डौको मुटु मानिने न्यु बानेश्वर स्थित ुदि एभरेष्ट होटलुमा आयोजना गर्न लागेको हो।

ुमिस नेपाल २०१०ु सदिक्षा श्रेष्ठ यस इभेन्टको एम्बेसडरको रुपमा रहेकी छन्। एभरेष्ट होटलमा हुन गईरहेको ुसिड्नी मेट एडुकेशन फेयर २०२२ु मा मात्र नभई चितवन, बुटवल र पोखरामा हुने एडुकेसन फेयरमा समेत सदिक्षा श्रेष्ठले प्रतिनिधित्व गर्नेछिन्।

सिड्नी मेट्रोपोलिटिन इसन्टिच्युट अफ टेक्नोलोजीु काठमान्डूमा आयोजना गर्नु अगाडी बुटवल, चितवन र पोखरामा ुएडुकेशन फेयर २०२२ु आयोजना गर्ने भएको छ। पर्सि अर्थात जनवरी ७ मा बुटवलमा, जनवरी ८ मा चितवन र जनवरी ९ मा चितवनमा ुएडुकेशन फेयर २०२२ु को आयोजना गर्दैछ।

शैक्षिक मेलामा अष्ट्रेलियाको ुसिड्नी मेट्रोपोलिटिन इसन्टिच्युट अफ टेक्नोलोजीु मा बिभिन्न बिषयमा पढ्न चाहनेहरुका लागि ठाउँको ठाउँ भर्ना गर्ने कार्यक्रम रहेको छ। तर यसरी भर्ना हुँदा बिद्यार्थीले भर्ना शुल्क तिर्नु पर्दैन।

उक्त शैक्षिक मेलामा आउने बिद्यार्थी तथा अभिभावकले सम्बन्धित बिश्वबिद्यालयका प्रोफेशरसँग प्रत्यक्षरुपमा भेटेर कुराकानी गर्न तथा आफ्नो जिज्ञासा राख्न सक्नेछन। भने अष्ट्रेलिया गएर त्यहाँ अध्ययन तथा काम गरिरहेकाहरुसँग समेत भेटेर आफ्नो अनुभव तथा जिज्ञासा साट्न सक्नेछन्।

मेलामा आउने बिद्यार्थीहरुलाई सिड्नी मेट मा बिभिन्न बिषयमा पढ्नलाई सल्लाह सुझाव र सहजीकरण मात्रै नभई अष्ट्रेलियामा कामको अवसरबारे पनि जानकारी गराइनेछ।

ुसिड्नी मेट्रोपोलिटिन इसन्टिच्युट अफ टेक्नोलोजीु मा पढ्न चाहनेहरुले अधिकतम एघारहजार अष्ट्रेलियन डलरसम्मको छात्रवृत्ति पाउनेछन भने मेलामा सहभागीहरुलाई गिफ्ट ह्याम्पर तथा उपहारको व्यवस्था समेत गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*