नेप्सेको उकालो यात्रामा ब्रेक, ३० अंकले घट्यो मूल्य परिसूचक

२१ पुष २०७८, बुधबार १५:१८

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को आगमन भएसँगै क्रमिक रुपमा उकालो लागेको नेपाली शेयर बजार फेरी ओरालोतर्फ लागेको छ । लगातार तीनदिनसम्म हरियाली छाएको नेप्सेमा आज भने गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३० अंक अर्थात् १.१५ प्रतिशतले घटेर २६४९.२० विन्दुमा कायम भएको छ । सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ उपसूचक बाहेकका सबै समूह राताम्य भएका छन् । आज हाइड्रोपावर र फाइनान्स समूहमा मात्र बृद्धि भएको छ भने सर्वाधिक निर्जीबन बीमा कम्पनीको २२८ अंकले घट्न पुगेको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको आज १८ करोड ७२ लाख ६२ माथिको कारोबार भएको छ । त्यस्तै, मध्यभोटेकोशी जलविद्युत्को शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*