हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२१ पुष २०७८, बुधबार १५:०८

काठमाडौं । सताको चौथो दिन नेप्सेमा गिरावट आएको छ । तीन दिन लगातार उकालो लागेको नेप्सेमा आज गिरावट आएको हो ।

नेप्सेमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से आज १.१५ प्रतिशतले घट्न पुग्दा ४ अर्बमाथिको कारोबार हुने पुगेको छ । सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट्स रहेको छ । कम्पनीको आज एकैदिन १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँको कारोबार भएको हो ।


त्यस्तै, अपि पावर कम्पनीको १६ करोड ७४ लाख, अपर तामाकोशीको १४ करोड ३५ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ७ लाख, एचआइडिसिएलको १० करोड ६५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*