प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त

२१ पुष २०७८, बुधबार १२:०५

काठमाडौं ।  प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए ।

यही कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओमा नियुक्त गर्न सिफारिस गरेको थियो । बीमा समितिबाट स्वीकृत भएपछि रावललाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

उनले कात्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए । रावल बीमा क्षेत्रका अनुभवी बीमा प्रशासक मानिन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*