नेपाल बीमक संघले नयाँ नेत्तृव चयन गर्दै, पुस २३ गते निर्वाचन हुने

२० पुष २०७८, मंगलवार १५:४०

काठमाडौं । बींमक संघको आगामी साधारणसभाले नयाँ नेत्तृव चयन गर्ने भएको छ। बींमक संघको आगामी सभाले बींमक संघको अध्यक्ष र कार्यसमिति समेत हेरफेर गर्ने भएको हो।

संघले दुई आर्थिक बर्षको सभा शुक्रबार पुस २३ गते हुन लागेको हो ।सगरमाथा इन्स्यारेन्स कम्पनीका सिईओ चंकी क्षेत्री बिमक संघको अध्यक्ष बन्ने प्रस्ताव अघि बढाएको छ। सिईओ चंकी क्षेत्री निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बिमक संघको अध्यक्ष बन्न लागेका हुन् ।

क्षेत्री हाले कार्यसमितिमा महासचिव छन् । क्षेत्रीलाई अध्यक्ष बनाउन संघको यसअघि बैंठकमा सबै सदस्य सहमत भइसकेका छन् ।बींमक संघका हालका महासचिव चंकी क्षेत्रीले बीमा समितिले बींमक संघमाथि कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व सम्बन्धी प्रस्ताव समेत सभामा अगाडि बढाउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*