आइएमई जनरल इन्स्योरेन्सका दावी विभागकी कृतिका कार्कीको सवारी दुर्घटनामा निधन

२० पुष २०७८, मंगलवार १३:२९

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा कायरत दावी विभागकी कृतिका काकीको सवारी दुर्घटनामा निधन भएको छ।हिजो कार्यालयबाट घर फर्कर्ने क्रममा काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो ।

दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् ।बाग्मती प्रदेश ०२–०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट–गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*