सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

२० पुष २०७८, मंगलवार १०:००

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको अघिल्लो दिन कायम ५२० रुपैयाँका आधारमा ४५२ रुपैयाँ १७ पैसा कायम गरेको छ ।

त्यस्तै, सिभिल बैंकको अघिल्लो दिन कायम २५८ रुपैयाँका आधारमा नेप्सेले ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २४५ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*