मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१९ पुष २०७८, सोमबार १८:०८

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले कम्पनीको सर्वसाधारणको तर्फबाट संचालकमा डोलाराम घिमिरे र सगुन शाक्यलाई निविरोध चयन गरेका छन् । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*