नबिल इन्भेष्टमेन्टको आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा, यस्ता छन् सुविधा

१९ पुष २०७८, सोमबार १७:४०

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा ल्याएको छ । बैंकले २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने ब्यवस्था संचालनमा गरको हो ।

जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्म लागु हुने गरी संचालनमा ल्याएको उक्त खातामा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी उक्त सुविधा प्राप्त गर्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*