सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

१९ पुष २०७८, सोमबार १७:२३

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेको थियो ।

सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक रसर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह “क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएको छ भने सर्वसाधारण शेयरधनी समूह बाट कृति टिवडेवाल तथा  बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमारहेका ४९,७१७ अभिकर्ताहरु मार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८५,७१,३१/– बीमाशुल्कआर्जन गर्नुका साथै कुल दावी भुक्तानी रु.२९,१८,६७,३१०/– गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*