क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

१९ पुष २०७८, सोमबार १६:३९

काठमाडौं । क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकल आज एक सूचना जाी गर्दै यस्तो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकबाट “घ“ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै इजाजतपत्रप्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा  वा इजाजतपत्र प्राप्त एक भन्दा बढी र ती बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*