मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

१९ पुष २०७८, सोमबार १५:२४

काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपाली शेयर मार्केटमा नयाँ उत्साह देखिएको छ । सन् २०२२ को कारोबारको पहिलो दिन ६० अंकले बढेको नेप्से आज ३२ अंकले बढ्न पुगेको छ ।

लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । आज सोही अंकले नेप्से बढ्दा ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब माथिको कारोबार भएको छ ।

आज शेयर बजारमा १।२४ प्रतिशतले उकालो लाग्दा मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्तको ९।४५ प्रतिशत अंक, ग्लोबल आइएमई लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशनको ८।१४ प्रतिशत अंक र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ७।८३ प्रतिशत अंकले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*