नेप्से ३२ अंकले बढ्दा साढे ४ अर्बमाथिको शेयर कारोबार

१९ पुष २०७८, सोमबार १५:१२

काठमाडौं ।  साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।आईतबार६०‍।४१ अंकले बढेर २५८४।९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२।०३ अंकले बढेर २६१६।९४ मा पुगेको छ।

गएको साता ४ अंकले मात्रै बढेको बजारमा यो साताको दुई दिनको कारोबारले राम्रो संकेत गरेको छ। २३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। हिजो सर्वाधिक कारोबार भएकै हिमालयन डिष्टीलरी आज पनि सर्वाधिक शेयर खरिद बिक्रि गर्न सफल भएको छ। कम्पनीको आज २८ करोड माथिको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*