अबदेखि ट्रायल दिएकै दिन लाइसेन्स पाईने

१९ पुष २०७८, सोमबार १४:०६

काठमाडाैं । सरकारले सवारी चालक लाइसेन्स वितरण गर्ने भएकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिकाे बैठकमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इ. रविन्द्रनाथ श्रेष्ठले सरकारले अब छिट्टै ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने तयारी गरिरहेकाे जानकारी दिएका छन् । सचिव श्रेष्ठले सरकारले सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी काम छरिताे र तीव्र पारिने जानकारी गराएका छन् ।

संसदीय समितिमा सचिव श्रेष्ठले ट्रायल दिएकै लाइसेन्स दिने भन्ने जानकारी दिएपनि जनसाधारणले तत्कालै यस्ताे सुविधा पाउने छैनन् । आगामी दिनमा सरकारले उक्त लक्ष्य लिएकाे हाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*