६ लघुवित्तलाई मर्जर प्रक्रिया तोड्न राष्ट्र बैकको अनुमति, लाभांश रोक्का

१९ पुष २०७८, सोमबार १३:०५

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति प्रदान गरेको छ। मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ ।

यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन्। त्यस्तै समाज र स्वस्तिक लघुवित्त पनि डीमर्जको पर्खाइमा रहेका छन् । आर्थिक बर्ष २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् ।

राष्ट्र बैंकले तोकेको समयअवधि अर्थात २०७९ असार मसान्तसम्म अर्कोसँस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत उनीहरु बन्चित रहनेछन्। साथै सेयरको दोस्रो बजारमा यी लघुवित्तहरुको सेयर कारोबार बन्द नै रही रहने छ।

यद्दपी नाडेप लघुवित्तले डिप्रोक्स लघुवित्तलाई तथा मिर्मिरे लघुवित्तले श्रीजनशिल लघुवित्तलाई प्राप्ति गर्ने सहमति गरेकाले यी लघुवित्तहरुको सेयर कारोबार पहिल्यैदेखि जारि रहेकाले अहिलेपनि कारोबार खुला नै रहेको छ।

आँधीखोला लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नाडेप लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ ।
मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २ सय ३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

2 thoughts on “६ लघुवित्तलाई मर्जर प्रक्रिया तोड्न राष्ट्र बैकको अनुमति, लाभांश रोक्का

  1. Prem Lal Shrestha says:

    नाडेप लघुबित्तले डिप्रोक्स लघुबित्त लाइ एक्वाएर गर्ने होइन कि डिप्रोक्सले नाडेप लघुबित्त लाइ हो पत्रकार महोदय ।

  2. Purna man says:

    Fursat navayako jasto xa ..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*