चिलिमे जलविद्युतको साधारण सभा हुने स्थान परिवर्तन, के–के छन् एजेण्डा ?

१९ पुष २०७८, सोमबार ११:०१

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ ।

कम्पनीले सभा पुस २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगन्ज काठमाडौंमा हुने भनेकोमा सो स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*