गुहेश्वरी मर्चेण्टको बीसौं साधारण सभा पुष २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

१९ पुष २०७८, सोमबार १०:३८

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजे बस्ने भएको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने विषयमा प्रचलित नीतिअनुसार संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि पुष २२ गते एकदिन बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*