साल्ट ट्रेडिङ्गको बोनस शेयर हितग्राही खातामा

१९ पुष २०७८, सोमबार १०:१४

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको कात्तिक १६ गते सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्से र सिडिएसमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

कम्पनीले कात्तिक १ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकेकोे छ । साथै सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*