सिटिजन्स बैंकको ९० औं शाखा रहित बैंकिङ सेवा बर्दघाटमा

१८ पुष २०७८, आईतवार १८:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ९० औं शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका भटौलिया बजारमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा रहित बैंकिङ सेवाको सेवा संचालनका लागि स्थानीय ब्यवसायी नवराज पहरीलाई ब्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । आफ्ना ग्राहकहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुराउने उद्देश्य साथ र्बैकले उक्त शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको हो । शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण,मोबाइल फोनको बिल भुक्तानी लगायतका कार्य गर्नेछ ।
हाल बैंकका देशभर १७४ वटा शाखा कार्यालय, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ सेवाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*