थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१८ पुष २०७८, आईतवार १७:३०

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनामा पीसीआर परीक्षण गर्दा २१३ जनामा र १ हजार ६६९ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९७१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*