सूर्या लाइफ र मनकामना स्मार्ट लघुवित्तको साधारणसभा भोलि, दुबैको लाभांश प्रस्ताव मुख्य एजेण्डा

१८ पुष २०७८, आईतवार १६:३३

काठमाडौं । भोलि (पुस १९ गते) जीवन बीमा कम्पनी र लघुवित्त कम्पनीको साधारणसभा बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सोमबार गर्दै छ । दुबैले लाभांश प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । सूर्या लाइफको साधारणसभा बिहान ११ बजे र स्मार्ट लघुवित्तको दिउसो २ बजे सभा हुँदैछ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस १९ गते) बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग विराटनगरमा बस्ने गरी बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा भोलि (पु्स १९ गते) दिउँसो २ बजे होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा बस्दैछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*