पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह

१८ पुष २०७८, आईतवार १५:५५

काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।

पुँजी बजार सुधार संघले जिम्मेवार पदमा रहेको व्यक्तिले ठोस निर्णय बिना योजनामा फेरबदल गरि अपरिपक्क निर्णय लिँदा दोस्रो बजारमा यसले असर गरेको हुँदा यस बिषयमा ध्यान दिन आग्रह गरेका छन् ।

साथै, आगामी दिनमा यस्ता भ्रामक बिषय तथा तथ्यहिन कुराहरुले पुँजी बजारलाई प्रतिकृल असर पार्ने काम हुन गएमा संघले आवश्यक कदम चाल्न पछि नपर्ने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*