नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

१८ पुष २०७८, आईतवार १५:३९

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को शेयर कारोबारको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । बुधबार ५ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज एकाएक ६० अंकले बृद्धि हुन पुगेको छ ।

नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा आज ४ अर्बमा थिको कारोबार हुन पुगेको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने केही कम्पनीहरुको शेयर भने घट्न पुगेको छ ।

आज सर्वाधिक घट्ने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज ५.१२ प्रतिशत अंकले घट्न पुगेको हो । त्यस्तै, नबिल इक्विटी फण्डको ३.६८ प्रतिशत अंक, मन्जुश्री फाइनान्सको ३.०९ प्रतिशत अंक, नबिल डिबेञ्चरको २.९१ प्रतिशत अंक र दिव्यशोरी हाइड्रोपावरको २.१२ प्रतिशत अंकले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*