बैंक अफ काठमाण्डूद्धारा स्मार्ट बीओके बचत खाता संचालनमा, के के छन् सुविधा

१८ पुष २०७८, आईतवार १४:२६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले उच्चतम् लाभलाई मध्य नजर गर्दै स्मार्ट बीओके बचत खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट भन्ने मुलनाराका साथ बैंकले आफ्ना ग्राहकरुलाई बैंकिङ सेवाहरुमा छुटहरुको साथ उच्चतम ब्याजदर सहित बचत खाता संचालनमा ल्याएको हो ।

सार्वजनिक बचत खाता खोल्दा ग्राहकहरुले ६.५५ प्रतिशत वार्षिक ब्याजदर सहित मोबाइल बैंकिङ, डेबिट कार्ड, बिओके इ कम डलर कार्ड शुल्कमा ५० प्रतिशत छुट तथा अन्य बैकिङ सेवाहरुमा समेत छुट दिने भएको हो । उक्त बचत खाता ग्राहकहरुले प्रबिधिको प्रयोग गरी अनलाइन माध्यमबाट पनि खोल्न मिल्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*