गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

१८ पुष २०७८, आईतवार १३:३७

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुवेगौडा तनहुँमा शनिबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तैगरी, सभाले लघुवित्तको वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नेका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखी पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*