सानिमा लाइफको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

१८ पुष २०७८, आईतवार १२:२९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायलाई थप चुस्त बनाउन उक्त तालिम प्रदान गरेको हो ।

कम्पनीका चिफ म्यानेजर गणेश चौलागाई लगायतले दिएको अभिकर्ता पुनर्ताजगी तालिममा अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीले उक्त तालिम कमपनीको ब्यापारिक केन्द्र दरबारमार्गमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अभिकर्ताहरुलाई कसरी स्वस्थ ढंगले व्यवसाय अगाडी बढाउने भन्ने बारेमा तालिम दिइएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*