कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद माघ १० गतेदेखि निष्काशन

१८ पुष २०७८, आईतवार १०:२४

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले माघ १० गतेदेखि २७ गतेसम्म बैंकको चुक्तापूँजी २० करोडमा एक शेयर बराबर नयाँ एक दशमलव पाँच (१ः१.५) शेयरको अनुपातमा ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि पुष २५ गते नै बुकक्लोज गरिसकेको छ । सो अनुसार पुष २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै शेयरधनीहरले मेरो शेयर एप अर्थात् वेबसाइटमार्फत् पनि उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*